२०८३ साउन १३ बुधबार

देशभरका लघुवित्त र मिटरब्याज पीडित काठमाडौंको आन्दोलनमा

ई आर्थिक    मंगलबार, फाल्गुन ३० २०७९
7.3K
Shares
देशभरका लघुवित्त र मिटरब्याज पीडित काठमाडौंको आन्दोलनमा

ई–आर्थिक, काठमाडौं । देशभरका लघुवित्त वित्तीय संस्था र मिटर ब्याजीहरुबाट पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईले नेतृत्व गरेका आन्दोनमा सहभागी हुन उनीहरु काठमाडौं आएका हुन् ।

विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ छ ।

उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्ने लगायत माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij