२०८३ साउन १४ बिहिबार

ग्यास अभावबारे मन्त्री यादवको आकस्मिक अनुगमन, घरायसी उपभोक्तालाई प्राथमिकता दिन उद्योगीलाई निर्देशन

ई आर्थिक    बुधबार, साउन १३ २०८३
285
Shares
ग्यास अभावबारे मन्त्री यादवको आकस्मिक अनुगमन, घरायसी उपभोक्तालाई प्राथमिकता दिन उद्योगीलाई निर्देशन

काठमाडौँ । बजारमा एलपी ग्यासको अभाव भएको भन्दै उपभोक्ताबाट व्यापक गुनासो आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालास्थित सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।

अनुगमनका क्रममा मन्त्री यादवले उद्योगको उत्पादन, भण्डारण तथा वितरण अवस्थाबारे जानकारी लिनुका साथै बजारमा देखिएको ग्यास अभावको वास्तविक अवस्थाबारे उद्योगीहरूसँग छलफल गर्नुभएको थियो।

उद्योगीहरूले भने विगतमा जस्तै हाल पनि ग्यासको आपूर्ति नियमित रूपमा भइरहेको दाबी गरेका छन्। उनीहरूका अनुसार उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गरी सञ्चय गर्न थालेकाले बजारमा कृत्रिम अभाव देखिएको हो।

मन्त्री यादवले बजारमा कुनै पनि हालतमा ग्यास अभाव हुन नदिन उद्योगीहरूलाई निर्देशन दिँदै व्यावसायिक प्रयोजनभन्दा घरायसी उपभोक्ताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न आग्रह गर्नुभयो।

उहाँले बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकार आवश्यक अनुगमन र समन्वयलाई थप प्रभावकारी बनाउने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij