२०८३ साउन १२ मंगलबार

सुन र हीराका गहना ठूलो परिणामसहित तीन जना पक्राउ

ई आर्थिक    बुधबार, फाल्गुन १७ २०७९
6.1K
Shares
सुन र हीराका गहना ठूलो परिणामसहित तीन जना पक्राउ

ई–आर्थिक, चितवन : भन्सार छलेर ल्याएको एक करोड १० लाख रुपैयाँ बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट काठमाडौं लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित उनीहरु पक्राउ परेका हुन् ।

भारतको कलकत्ताबाट काठमाडौं जान आउँदै गरेको भारतीय नम्बर प्लेटको डब्लू बि १२ एभि ५५६६ नम्बरको भारतीय गाडीमा लुकाइछिपाइ ल्याउँदै गरेको गहना बुधबार बिहान १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका तीन जना र बरामद सामान सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला फेफना थानका ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बङ्गाल राज्य हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोल कलकत्ताका ५१ वर्षीय गणपतकुमार तोसावर र ४२ वर्षीय नरेश बर्मा रहेको कार्यालयका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार भन्सार छली ल्याएको गरगहना काठमाडौं लैजाँदै गरेको सूचनाका आधारमा पक्राउ र बरामद गरिएको हो । बरामद सामान र पक्राउ परेका उनीहरूलाई राजस्व अनुसन्धान विभाग पठाइएको उनले बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालयले ३३ बोतल लागुऔषध कोरेक्ससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ जमौलीस्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ८७७० को कारमा ल्याउँदै गरेको अवस्थामा लागुऔषध पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१२ का ४० वर्षीय सुरजकुमार शाही, ३६ वर्षीय प्रकाश गौतम, भरतपुर–२ का ५० वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij