२०८३ साउन १० आइतबार

ठूला र उच्च घरानाहरूले सहुलियतपूर्ण ऋण समेत कब्जा गरेका छन् : चौधरी

ई आर्थिक    आइतबार, फाल्गुन १४ २०७९
5.1K
Shares
ठूला र उच्च घरानाहरूले सहुलियतपूर्ण ऋण समेत कब्जा गरेका छन् : चौधरी

ई–आर्थिक, काठमाडौं । एकीकृत समाजवादीका सांसद एवं पूर्व मन्त्री मेटमणि चौधरीले गरिब जनताले प्रयोग गर्न पाउनुपर्ने सहुलितयपूर्ण ऋण समेत ठूला र उच्च घरानाले कब्जा गरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा शुक्रवार विशेष समय लिएर बोल्दै चौधरीले उक्त विचार राखेका हुन् ।

‘हामीले थाहा नपाएर, नजानेर होइन उच्च घरानीय र ठुला व्यापारीहरूका सेटिङमा अर्थतन्त्र कब्जा भएको छ । ठूला र उच्च घरानियाहरुले कुल पुँजीको ६१ प्रतिशत पुँजी उपयोग गरिरहेका छन् ।’ उच्च घरानियाहरुले सहुलियतपूर्ण ऋण समेत बिना धितो प्रयोग गरिरहेको बताउँदै पूर्व मन्त्री चौधरीले सुनाए, ‘ठूला व्यापारीहरूले मात्र पुँजी परिचालन गर्ने सिस्टमलाई ब्रेग गरी मध्यम र गरिब जनताले प्रयोग गर्ने बनाउन जरुरी छ । यस विषयमा राष्ट्र बैङ्कको ध्यान जान जरुरी छ ।’

पेट्रोलियम पदार्थको बढ्दो प्रयोगलाई विस्थापित गर्नुपर्ने, रासायनिक मल, बीउबिजन, किट नाशक औषधिमा समेत पैसा बाहिरिइरहेको बताउँदै सांसद चौधरीले भने, ‘कृषि उत्पादनमा जोड, कृषि उपजको न्यूनतम मूल्य निर्धारण, बिक्रीको ग्यारेन्टी, प्राङ्गारिक मल उत्पादनमा स्थानीय सरकारलाई प्लान्ट स्थापनाको जिम्मा र सहुलियत दिने हो भने अर्थतन्त्र आत्मनिर्भर हुन्छ ।’

खर्च कटौती गरेर मात्र अर्थतन्त्रमा सुधार आउन नसक्ने भन्दै सांसद चौधरीले संसदीय समिति बनाएर अर्थतन्त्र सुधार गर्ने पोलिसी बनाउन सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij