ई–आर्थिक, काठमाडौं । सरकारले सोमवार अर्थात् फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने भएको छ । आइतवार बसेको मन्त्रिपरिषदको बैठकले जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
विसं २०५२ फागुन १ गतेबाट जनयुद्ध शुरू भएको थियो । नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ। सरकारले परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । सार्वजनिक विदा भएकाले सबै सरकारी कार्यालयहरु बन्द हुने छन् । शेयर कारोबार पनि बन्द हुने छ ।
यसैबीच सार्वजनिक विदाका दिन अत्यावश्यक बैंकिङ सेवा भने सुचारु रहेन भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार साँझ एक सूचना जारी गर्दै अत्यावश्यक सेवा सुचारु हुने जानकारी गराएको हो । राष्ट्र बैंकले नगद कारोबार, चेक क्लियरिङ्ग, आरटिजीएस जस्ता सेवा सुचारु हुने बताएको छ ।