२०८३ साउन १० आइतबार

कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालि बीच सम्झौता

ई आर्थिक    सोमबार, माघ २३ २०७९
5.8K
Shares
कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालि बीच सम्झौता

ई–आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेड र माइकल ग्रिल्स प्रालि बीच कुमारी बैंकको ग्राहक महानुभावहरुले विशेष छुट प्राप्त गर्ने सम्बन्धी सम्झौता भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरू आर्कषित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो । यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरु तथा मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले माइकल ग्रिल्स प्रालिको मध्य बानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटमा विभिन्न सेवा सुविधा उपभोग गर्दा लाग्ने शुल्कमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याईरहने छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij