२०८३ साउन १० आइतबार

आयुर्वेद औषधिको थोक ब्यबसाय सञ्चालन गर्न पाउनुपर्ने राष्ट्रिय आयुर्वेद एसोसिएसनको माग, अनुमती माग्दै मन्त्रालय र बिभागमा

ई आर्थिक    सोमबार, माघ २३ २०७९
10K
Shares
आयुर्वेद औषधिको थोक ब्यबसाय सञ्चालन गर्न पाउनुपर्ने राष्ट्रिय आयुर्वेद एसोसिएसनको माग, अनुमती माग्दै मन्त्रालय र बिभागमा

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) ले आयुर्वेद औषधि ब्यबसायीहरूको मुद्दालाई सम्बोधन गराउनको लागि सरोकारवाला निकायहरुमा गरिने पहललाई तीब्रता दिएको छ ।

यसैक्रममा आयुर्वेद औषधिको थोक ब्यबसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै व्यवसायीहरु स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभाग पुगेका छन् ।

औषधी ऐन २०३५ अनुसार आयुर्वेद औषधिको ब्यबसाय गर्नलाई औषधि ब्यबस्था बिभाग समक्ष अनुमति लिनु पर्दछ । अनुमती नलिइ आयुर्वेदको ब्यबसाय गरेमा कारबाहीको भागिदार हुनु पर्दछ । केही साल अगाडीबाट आयुर्बेद ब्यबसायीहरुलाई बिभागले थोक पसल सञ्चालनको अनुमती दिन बन्द गरेको छ ।

राजनैतिक पहुच भएका र शक्तिका आडमा केही आयुर्वेद ब्यबसायीहरुले थोक ब्यबसाय सञ्चालन अनुमती लिएको प्रशस्त उदाहरणहरु भएको व्यवसायीहरु नै बताउँछन् । तर सर्बसाधारण आयुर्वेदकर्मीहरुले म ठुलो ब्यबसाय गर्छु, रोजगारको अबसर सृजना गर्छु, सरकारलाइ धेरै कर तिर्छु भन्दा समेत आयुर्बेद औषधिको थोक ब्यबसाय सञ्चालन गर्न औषधि ब्यबस्था बिभागबाट बञ्चित भै रहेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

आयुर्वेद औषधीको थोक व्यापार गर्न एलोपेथिक फर्मासिस्टको लाइसेन्स भाडामा लिएर प्रयोग गर्न आयुर्वेद औषधि ब्यबसायीहरू बाध्य छन ।

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय स्वास्थ्य मन्त्री र औषधी ब्यबस्था बिभागका महानिर्देशक समक्ष आज निबेदन पेश गरेको छ । चाँडै माग पूरा नगरे आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने ब्यहोरा एशोसिएसनले पत्रमा उल्लेख गरेको छ ।

पत्र बुझ्दै स्वास्थ्य मन्त्रालयले यो बिषयमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ भने औषधि ब्यबस्था बिभागका महादिर्देशक भरत भट्टराईले चाँडो भन्दा चाडो माग सम्बोधन गर्ने प्रतिक्रिया दिनु भएको छ ।

मन्त्रालय र बिभागमा रानका केन्द्रिय अध्यक्ष जगत बहादुर भट्टराईको नेतृत्वमा महासचिब हृदयनारायण चौधरी, रान केन्द्रिय उपाध्यक्ष (लुम्बिनी प्रदेश) शालिकराम भुसाल, रान कोषाध्यक्ष सपना खत्री, रान केन्द्रिय सदस्य जयन्ती सिवाकोटी, किरण न्यौपाने, रान बाग्मती प्रदेश कमिटीबाट सिरोमणी पौडेल, शिब श्रेष्ठ र रान ललितपुर जिल्ला कमिटी सदस्य शिव श्रेष्ठ सहितको टोली उपस्थित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij