ई–आर्थिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल दुर्घटनामा परेका छन् । दुर्घटना पछि उनी अस्पताल भर्ना भएका छन् ।
आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालय जाने क्रममा गाडी दुर्घटनामा परेका भूसाललाई अस्पताल भर्ना गरिएको छ ।
भूसाल सवार गाडी सडक डिभाइडरमा ठोक्किएपछि भूसाल केहीबेर बेहोस भएका थिए । उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएको छ ।
उनको स्वाथ्य अवस्था सामान्य रहेको जनाइएको छ ।