२०८३ साउन १२ मंगलबार

दोलखाको कटुवाचौर बजार क्षेत्रमा भीषण आगलागी, क्षतिको विवरण आउँदै

ई आर्थिक    बिहिबार, माघ १९ २०७९
5.6K
Shares
दोलखाको कटुवाचौर बजार क्षेत्रमा भीषण आगलागी, क्षतिको विवरण आउँदै

ई–आर्थिक, दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी भएको छ ।

आगालीबाट बजार क्षेत्रका ९ वटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेढाई, दुर्गा दहाल, चित्र प्रसाद सेढाई, स्वस्तानी खड्का, शंकर ओली, पुस्कर ओली, रुद्र बहादुर ओली, गोपिलाल थामी,कमला खाती , राम बहादुर थामीको घर जलेर पुर्ण रुपमा नष्ट भएको हो ।

गएराति ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले जानकारी दिए ।

रुद्र बहादुर ओलीको घरबाट आगलागी सुरु भएको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएपनि आगलागीको एकिन कारण खुल्न सकेको छैन । प्रहरी, स्थानीय र दमकलको टोलीले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीबाट करोडौंको क्षति भएको छ भने धेरै पशुचौपाया पनि मरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij