ई–आर्थिक, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीअन्तर्गतको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ ।
उद्योगमा राखिएका ड्रम र कार्टुनमा आगलागी भइरहेको घटनास्थलमा रहेका स्थानीयले राजन सिग्देलले जानकारी दिए ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको एकिन विवरण प्राप्त भएको छैन ।