२०८३ साउन १० आइतबार

इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरोमा दयाहाङ राई

ई आर्थिक    सोमबार, माघ १६ २०७९
7.1K
Shares
इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरोमा दयाहाङ राई

ई–आर्थिक, काठमाडौं : नेपालको सबैभन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ राईलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ । यसअघि नायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा इसेवा मनी ट्रान्सफरसँग आवद्ध रहेका थिए ।

राई इसेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसंँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।

सो अवसरमा कलाकार राइले भने, ‘इसेवा मनी ट्रान्सफर जस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसंग आवद्ध हुन पाउँदा म एकदमै खुशी र साथमा उत्साहित पनि छु । विदेश गएर काम गर्दै आउनुभएका दाजुभाई–दिदीबहिनी संग भेट्न पनि म आतुर छु, यसले मलाई एक नेपालीको रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारी बोध गराएको छ ।’

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले दयाहाङ राइको नेपालमा मात्र नभएर युएई र सारा संसारभरी नै फ्यान फलोइङ एकदमै राम्रो रहेको बताए । जसलाई कम्पनीको ब्राण्ड हिरो एम्बेसेडरको रुपमा आवद्ध गर्न पाउँदा खुसी लागेको बताए । इसेवा मनी ट्रान्सफरले वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवद्र्धनका लागि यो अभियान शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij