२०८३ साउन ९ शनिबार

शुभम पावरको आईपीओ सर्वसाधारणका लागि माघ १८ गतेदेखि विक्रीमा आउने

ई आर्थिक    मंगलबार, माघ १० २०७९
6.2K
Shares
शुभम पावरको आईपीओ सर्वसाधारणका लागि माघ १८ गतेदेखि विक्रीमा आउने

ई–आर्थिक, काठमाडौं । शुभम पावरको आईपीओ सर्वसाधारणका लागि माघ १८ गतेदेखि विक्रीमा आउने भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता आइपीओ सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

जसमा लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म अमाघ २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।

सर्वसाधारणका लागि छुट्याएको आइपीओमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij