२०८३ साउन १० आइतबार

नगरपालिकाका इन्जिनियर साह घुससहित अख्तियारको नियन्त्रणमा

ई आर्थिक    मंगलबार, माघ ३ २०७९
5.2K
Shares
नगरपालिकाका इन्जिनियर साह घुससहित अख्तियारको नियन्त्रणमा

ई–आर्थिक, काठमाडौं । सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको छ ।

साहलाई सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट एक लाख ४० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा रकम सहित नियन्त्रणमा लिएको हो । निज उपर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij