ई–आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडकोे एक्काइसौं वार्षिक साधारणसभा बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ ।
साधारण सभाले बैंकको चुक्ता पूँजी रु. १२,५२,४४,२६,८३१/– (अक्षरेपी बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैँया मात्र) को १२.५० प्रतिशत बराबर रु. १,५६,५५,५३,३५४/– (अक्षरेपी एक अर्ब छपन्न करोड पचपन्न लाख त्रिपन्न हजार तीन सय चौवन्न रुपैंया मात्र) बोनस शेयर तथा ०.६६ प्रतिशत बराबर रु. ८,२३,९७,५४५/– (अक्षरेपी आठ करोड तेईस लाख सन्तानब्बे हजार पाँच सय पैतालीस रुपैंया मात्र) को नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।