२०८३ साउन १० आइतबार

माण्डु हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दियो सेबोनमा निवेदन

ई आर्थिक    बुधबार, पौस १३ २०७९
6K
Shares
माण्डु हाइड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दियो सेबोनमा निवेदन

ई–आर्थिक, काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य रू. १ सयमा प्रिमियम मूल्य रू. १४८ थपी प्रतिकित्ता रू. २४८ मा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्कासन गर्नका लागि पुस ११ गते सेबोनमा निवेदन दिएको हो ।

विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्न सेबोनको अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थानीय बासिन्दाको लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत् आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत १८ गतेबाटै विद्युत् उत्पादन शुरू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij