२०८३ साउन १० आइतबार

दुई हाइड्रोपावरलाई आईपीओ निष्काशनको अनुमति

ई आर्थिक    मंगलबार, पौस १२ २०७९
7.8K
Shares
दुई हाइड्रोपावरलाई आईपीओ निष्काशनको अनुमति

ई–आर्थिक, काठमाडौं । दुई कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।

मकर जितुमाया सुरि हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि सेबोनबाट पुस ७ गते अनुमति पाएका हुन ।

मकर जितुमाया सुरि हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनबाट अनुमति पाएको हो ।

विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी सानिमा मिडिल तमोरले ८३ लाख ३१ ह्जार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनबाट अनुमति पाएको हो ।

विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । यी दुबै कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगरीमा गएका र स्थानिय बासिन्दाका लागि साधारण शेयर निष्कासन गर्नेछन् भने दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij