२०८३ साउन १२ मंगलबार

अनामनगर–देबीनगर धोबीखोला किनार : वारी विकासका डोजर, पारी विनासको डोजर ! (फोटो फिचर)

ई आर्थिक    बुधबार, पौस ६ २०७९
11.9K
Shares
अनामनगर–देबीनगर धोबीखोला किनार : वारी विकासका डोजर, पारी विनासको डोजर ! (फोटो फिचर)

 

–आर्थिक, काठमाडौं । काठमाडौंको अनामनगर देबीनगर (बानेश्वर) धोबीखोला किनारमा आज पुस ६ गते बुधबार साँझसम्म दुई खाले दृष्य देखिए । अनामनगर वारीपटी धोविखोला करिडोरमा विकासका डोजरहरु चलिरहेका थिए भने पाटीपटी देबीनगर (बानेश्वर) मा विनासका डोजर चलिरहेका थिए । खोला वारीपारी भएपनि भएपनि दुबै काठमाडौं महानगरपालिका भित्र पर्दछन् ।

खोलावारी अनामनगर काठमाडौं महानगरपालिकाको वडा नं. २९ पर्दछ भने खोलापारी देवीनगर (बानेश्वर) काठमाडौं महानगरपालिकाको वडा नं. १० मा पर्दछ ।

बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाउँदा झट्ट हेर्दा विनास भइरहेको देखिएपनि कालान्तरमा गएर सरकारी अतिक्रमित जग्गा संरक्षण गर्दै विकासकै लागि महानगरले काम गरिरहेको छ । अतिक्रमित ती संरचना पछि खाली हुने जग्गामा विकास नै गरिने महानगरका अधिकारीहरु बताउँछन् ।

देबीनगर (बानेश्वर)मा आज डोजर चलेपछि त्यस क्षेत्रका साना व्यापारी व्यवसायी भागाभाग भएको थियो ।

महानगरपालिकाको डोजरले अतिक्रमित संरचना भत्काउन थालेपछि टहरामा व्यापार गर्दै आएकाहरुले धमाधम सामान सारेका थिए । डोजरले आफूले व्यापार गर्दै आएको र बस्दै आएको ठाउँ भत्काउने भएपछि धमाधम सामान सारिरहेका थिए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij