ई–आर्थिक, काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९९ जनालाई उच्च अदालत पाटनले ताकेदा सुरु गरेको छ । विभिन्न जिल्लाका उनीहरुलाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन उच्च अदालतले आदेश दिएको छ ।
अदालतले पुस ४ गतेको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको हो ।
अदालतको आदेशअनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा २३ बमोजिम पहिलो पटक उनीहरुको नाममा तीन दिने सूचना प्रकाशन भएको हो । बयानका लागि बोलाइएको म्यादभित्र हाजिर नभई गुजारी बसेमा कानुन बमोजिम हुने अदालतले जनाएको छ ।