२०८३ साउन ९ शनिबार

नबिल बैंकको नबिल बचत खातामा घातक रोग बीमा पाँचौँ वर्षमा पनि निरन्तरता, ६२.९४ करोड दाबी भुक्तानी

ई आर्थिक    मंगलबार, पौस ५ २०७९
5.3K
Shares
नबिल बैंकको नबिल बचत खातामा घातक रोग बीमा पाँचौँ वर्षमा पनि निरन्तरता, ६२.९४ करोड दाबी भुक्तानी

ई–आर्थिक, काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ। पछिल्लो ४ वर्षदेखि यो बीमा सुविधा दिएकोमा पाँचौँ वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो।यो बीमाअन्तर्गत ३३८ जना ग्राहकको ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ। हरेक बचत खातामा घातक रोगको बीमा तथा आवधिक जीवन बीमा सुविधा योजनाअन्तर्गत बीमा गरेकामध्ये ३३८ जनाको दाबी भुक्तानी भएको बैंकले जनाएको छ।
चार वर्षअगाडि सुरु गरेको घातक रोगमा ३ लाख र आवधिक जीवन बीमाका लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँको बीमा हरेक खातावालाको लागि गरिँदै आएको छ। बैंकले आफ्ना खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको हो। यो योजना सुरुआतबाट नै निकै प्रभावकारी रहेको र यस योजनाले आफ्ना ग्राहकलाई ठूलो राहत मिलेको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिने नबिल बैंकले जनाएको छ।
मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको यस योजनाअन्तर्गत बैंकले पछिल्लो ४ वर्षमा १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रकमबराबरको प्रिमियम भुक्तान गरेको छ। नबिल बैंकका अनुसार मुद्दतिबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा अवधिक जीवन बीमा हुने गरेको छ।
कसरी पाइन्छ यो सुविधा ?
यो सुविधा पाउन बचत खातामा न्यूनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनुपर्ने बैंकले जनाएको छ। यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्छ।
नबिल बैंकले विभिन्न १३ घातक रोग जस्तै– किड्नी फेलर, क्यान्सर, हर्ट अट्याक, लिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया तथा सिरयस कोनोनरी आर्टरी डिजिजका लागि बीमा सुविधा दिने गरेको छ।
बैंकका अनुसार प्रिमियम रकमको भार बैंक आफैँले बहन गरिदिने विशेषता भएको यो योजनाले ग्राहकलाई घातक रोगसँग सामना गर्ने र आर्थिक व्यवस्थापनको मानसिक चापलाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
नबिल बैंकले यो योजनाअन्तर्गतको सुपिधा आफ्नो सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गर्दै आएको छ। यस योजनाको सफलता र ग्राहकको चाहनाअनुरुप अबको दिनमा पनि यस योजनाका सुविधा र सेवालाई थप प्रभावकारी बनाउने र समयअनुसार परिवर्तन गर्न बैंक प्रतिबद्ध रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij