२०८३ भाद्र ३० मंगलबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सले पायो पुनः दक्ष र अनुभवी सीईओ, रमेश कुमार भट्टराई पुनः चार बर्षको लागि नियुक्त

ई आर्थिक    शुक्रबार, मंसिर २३ २०७९
10.1K
Shares
महालक्ष्मी लाइफ इन्स्योरेन्सले पायो पुनः दक्ष र अनुभवी सीईओ, रमेश कुमार भट्टराई पुनः चार बर्षको लागि नियुक्त

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुनः अब्बल, दक्ष र अनुभवी प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । कम्पनीको सीईओमा संस्थापक सीईओले रमेश कुमार भट्टराई नै चार बर्षको लागि निरन्तरता पाएको छ ।

कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले पुस १७ गतेदेखि लागु हुने गरी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले भट्टराईलाई २०७५ पुसमा चार वर्षका लागि नियुक्त गरेको थियो । उनको कार्यकाल आगामी पुस १७ गते सकिनु अगाडी नै नियुक्त गरेको हो । यसरी चार दशकको अवधिमा भट्टराईले साढे दुई दशक सिइओकै पदमा रहेर काम गरिसकेका छन् ।
उनले वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन् । बीमा तथा बैकिङ क्षेत्रमा झण्डै चार दशकको कार्य अनुभव रहेको छ ।
उनीले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको रुपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २२ वर्ष र महालक्ष्मी लाइफमै ४ वर्ष सहित २६ वर्ष भन्दा बढि समय यस क्षेत्रमा कार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

  • चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to earthik.com | Site By : Sobij