२०८३ भाद्र २९ सोमबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सको गुल्मीको रेसुङ्गामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन

ई आर्थिक    आइतबार, चैत्र २० २०७८
4K
Shares
महालक्ष्मी लाइफ इन्स्योरेन्सको गुल्मीको रेसुङ्गामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ ।

आज चैत्र २० गते सिद्धवावा माध्यमिक विद्यालयमा संचालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता रहेको थियो । शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा शिक्षक टिकाराम खड्काले स्वागत मन्तव्य दिदै युवाहरुमा बीमा सम्बन्धी जागरण ल्याउनु आवश्यक रहेको बताउनु भयो ।

कम्पनीका कर्मचारी राजेन्द्र गाहाले संचालन गरेको कार्यक्रममा कार्यालय प्रमुख विष्णु महतले बीमा समितिले गुल्मी जिल्लामा बीमा सचेतना कार्यक्रम संचालन गर्न महालक्ष्मी लाईफ लाई जिम्मा दिएकोले अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम निरन्तर संचालन गरिने जानकारी गराउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका कम्पनीका मार्केटिङ मेनेजर यम लाल न्यौपानेले उपस्थित युवा तथा विद्यार्थीलाई बीमा सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

बीमा समितिले बीमा सचेतना कार्यक्रम संचालनको लागि कम्पनीलाई रौतहट, दोलखा, गुल्मी र ललितपुर जिल्ला जिम्मा दिएको छ, सोही अन्तर्गत उक्त कार्यक्रम संचालन गरिएको इन्स्योरेन्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

  • चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to earthik.com | Site By : Sobij