२०८३ साउन ९ शनिबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न र मर्जर कमिटी गठन

ई आर्थिक    आइतबार, बैशाख २५ २०७९
5.4K
Shares
महालक्ष्मी लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न र मर्जर कमिटी गठन

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाडौंस्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गर्नु भएको थियो ।

कम्पनीका अध्यक्षले पानसमा वत्ती बालेर सो सभाको उद्घाटन गर्नु भएको थियो । सभामा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सहभागी सदस्यहरुको स्वागत गर्दै विशेष साधारण सभा गर्नुको उद्देश्य बारेमा प्रकाश पार्नु भएको थियो ।

सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पूँजी बृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ ।

बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो ।

सभाको अन्तमा संचालक सुरेश सापकोटाले विशेष साधारण सभा सफलता पूर्वक सम्पन्न गर्नमा सहयोग गरेकोमा सम्पुर्ण सहभागीहरुलाई धन्यवाद दिनु भएको थियो ।

पूँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५०० करोड पु¥याउने उद्देश्यले भएको विशेष साधारण सभा गरिएको थियो । साधारणसभा सम्पन्न भए पश्चात बसेको संचालक समितिको ५८ ‌औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी गठन गरेको कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

  • चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to earthik.com | Site By : Sobij