ई–आर्थिक, काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालयले सात निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।
ठेक्का सम्झौता अनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो ।
सार्वजनिक खरीद अनुगमन कार्यालयका अनुसार हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवा, काठमाडौंको सिरुवा–कविर–सुनकोसी जेभी, पर्सा जानकीटोल–४ को मुस्कान सप्लायर्स, बानेश्वर–१० को अनुष्ठान कन्स्ट्रक्सन, तीनकुनेको सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, वीरगञ्जको दिल्ली ट्रेडिङ र चितवनको जय गढीमाई निर्माण कन्स्ट्रक्सनलाई स्पष्टीकरण पेश गर्न भनिएको छ ।