२०८३ साउन ९ शनिबार

सुबिसुको प्रायोजनमा भइरहेको पब्जी र फ्री फायरको ‘अल्टिमेट ब्याटल’मा विदेशी टीम

ई आर्थिक    बिहिबार, मंसिर १५ २०७९
8.3K
Shares
सुबिसुको प्रायोजनमा भइरहेको पब्जी र फ्री फायरको ‘अल्टिमेट ब्याटल’मा विदेशी टीम

ई–आर्थिक, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनमा भइरहेको पब्जी र फ्री फायर प्रतियोगितामा विदेशी खेलाडीको पनि सहभागिता रहने भएको छ । गत सेप्टेम्बर २२ देखि शुरू भएको ‘अल्टिमेट ब्याटल : पब्जी एन्ड फ्री फायर’मा विदेशी खेलाडीको पनि सहभागिता रहनेछ । प्रतियोगिता आगामी डिसेम्बर १० तारिखसम्म हुने कम्पनीले जानकारी दिएको छ ।

पाँच हजारभन्दा बढी टीम सहभागी हुने प्रतियोगिताको सेमिफाइनल लिग म्याचहरूमा अन्तरराष्ट्रिय टीमले समेत भाग लिने कम्पनीले जानकारी दिएको हो । सेमिफाइनलमा सन् २०१९ को फ्री फायर विश्व विजेता टीमका साथै अन्य पाँच अन्तरराष्ट्रिय टीमको पनि सहभागिता रहने आयोजकको भनाइ छ । प्रतियोगितामा थाइल्याण्डको ‘किङ अफ दि गेमर्स, भियतनामको ‘ह्याभी, ब्राजिलको ‘कोरिन्थियन्स, मोरक्कोको ‘वा:क, मलेसियाको ‘एक्सि इस्पोर्ट्स’ र इन्डोनेसियाको आरआरक्यू सहभागी हुनेछन् ।

तीमध्ये ब्राजिलको ‘कोरिन्थियन्स’सन् २०१९ को फ्री फायर विश्व विजेता टीम हो । सहभागी टीमहरूले आफ्नै देशबाट अनलाइनमार्फत फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । अन्तरराष्ट्रिय विश्व विजेता टीमको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धी र उपलब्धिमूलक बनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ ।

आयोजकका अनुसार यो प्रतियोगिताको फाइनल खेल डिसेम्बर १० तारिखमा होटल डेला अन्नपूर्णमा हुनेछ । उक्त फाइनल प्रतियोगितामा सुबिसुले ल्याएको ‘गेमर प्याकेज’ इन्टरनेट प्रयोग हुनेछ । यसअघि सुबिसुले नेपालमा बढ्दो अनलाइन गेमको प्रयोगलाई सम्बोधन गर्दै गेमर प्याकेज सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij