२०८३ साउन १० आइतबार

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्वारा पर्सादेखि सर्लाहीसम्मका चार जिल्लाको विभिन्न संरचनाको स्थलगत निरीक्षण

ई आर्थिक    सोमबार, मंसिर १२ २०७९
5K
Shares
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्वारा पर्सादेखि सर्लाहीसम्मका चार जिल्लाको विभिन्न संरचनाको स्थलगत निरीक्षण

ई–आर्थिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न विद्युत संरचनाको स्थलगत निरीक्षण गरेका छन् । कार्यकारी निर्देशक घिसिङले पर्सादेखि सर्लाहीसम्मका चार जिल्लाको विभिन्न संरचनाको स्थलगत निरीक्षण गर्दै विभिन्न निर्देशन समेत दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले पर्साको पोखरिया, बाराको हरनहिया, रौतहटको सरुअठा तथा सर्लाहीको सलेमपुरमा सब स्टेशनहरुको निरीक्षण गर्दै सुधार गर्नुपर्ने आवश्यक पुर्वाधारहरुको बारेमा जानकारी लिएका छन् ।

त्यसै गरी कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणका वितरण कार्यालयहरु वीरगंज, कलैया, सिम्रौनगढ, मौलापुर तथा गौरको स्थलगत निरीक्षण गर्दै सर्वसाधारण सेवाग्राहीलाई छिटो, छरितो तथा सरल किसिमसे बिना ढिलासुस्ती सेवा प्रवाह गर्न र सर्वसाधारणको गुनासाहरुको सम्बोधन गर्न निर्देशन दिएका छन्। यसै गरी कार्यकारी निर्देशक घिसिङले रौतहटकै हर्षाहा तथा चन्द्रनिगाहपुर सब स्टेशनको पनि निरीक्षण गर्दै आवश्यक निर्देशन दिएका छन् ।

पर्सादेखि सर्लाहीसम्म अझै पनि विद्युत चुहावट उच्च रहेकोले चुहावट नियन्त्रण गर्न सम्बन्धित फाँटका कर्मचारीहरुले अझ मिहिनेत गर्नुपर्नेमा पनि कार्यकारी निर्देशक घिसिङले जोड दिएका छन् ।

हुलाकी सडक निर्माणका साथै विस्तारको काम भइरहेको सन्दर्भमा हुलाकी सडकसँग सम्बन्धित विद्युतीय संरचनाको अवस्थाको बारेमा पनि कार्यकारी निर्देशक घिसिङले चासोका साथ हेरेका छन्। निकट भविष्यमा नै सडक फेरि विस्तार भएमा विद्युतीय संरचनामा कुनै क्षति पुग्न नहुने गरी संरचनाको निर्माण हुनुपर्ने कुरामा कार्यकारी निर्देशक घिसिङले जोड दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङ पहिलोचोटि विभिन्न जिल्लाका विद्युतीय संरचनाको एक साथ निरीक्षण गरेपछि कर्मचारीहरुमा उत्साह जागेको छ भने विद्युत उपभोक्तामा विद्युत आपूर्ति तथा सेवामा सुधार हुने आशा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij