२०८३ साउन ९ शनिबार

मेलम्ची नगरपालिका भित्रका सक्रिय सहकारी संस्थाहरुलाई सहकारी लेखा तथा वित्त व्यवस्थापन सम्बन्धी तालिम

ई आर्थिक    सोमबार, कार्तिक २८ २०७९
8.4K
Shares
मेलम्ची नगरपालिका भित्रका सक्रिय सहकारी संस्थाहरुलाई सहकारी लेखा तथा वित्त व्यवस्थापन सम्बन्धी तालिम

ई–आर्थिक, काठमाडौं । मेलम्ची नगरपालिका भित्रका सक्रिय सहकारी संस्थाहरुलाई सहकारी लेखा तथा वित्त ब्यबस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । लेखा तथा वित्त ब्यबस्थापन प्रणालीलाई चुस्त दुरुस्त पारदर्शी बनाई वित्तीय शुसासन कायम गर्ने, वित्तीय क्षमता विकास गर्दै छरिएर रहेको पूँजी, प्रविधी तथा प्रतिभालाई स्वावलम्बन र सदस्यहरुको आर्थिक उन्नती गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नगरपालिका सहकारी शाखाका प्रमुख सोम थोकरले जानकारी दिए ।

त्यस्तै, सहकारी खेती, उद्योग, वस्तु तथा सेवा व्यवसायको माध्यमबाट आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने, सहकारी ऐन न नियमावलीको पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउने उद्देश्यले सहकारी संस्थाका कर्मचारी तथा पदाधिकारीलाई तालिम प्रदान गरिएको थोकरले जानकारी दिए । तालिममा सहकारीको अर्थ, मूल्य मान्यता तथा सिद्धान्तहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले प्रष्ट पारेका थिए ।

२४ गतेबाट शुरु भएको तालिमको आइतबार समापन गरिएको हो । तालिमको सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका सहकारी प्रशिक्षक नवीन मैनालीले सहजीकरण गरेका थिए । तालिममा नगरभित्रका ३२ वटा सहकारीका कर्मचारी तथा पदाधिकारीको सहभागिता रहेको थियो । तालिममा सहकारी संस्थाका लागि एकीकृत आर्थिक संकेत तथा वर्गिकरण र ब्याख्या सम्बन्धी प्रशिक्षण दिइएको प्रशिक्षक मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij