२०८३ साउन १० आइतबार

पश्चिम सेती र पञ्चेश्वर बनेपछि सुदूरपश्चिमको कायापलट हुने प्रधानमन्त्री देउवाको दाबी

ई आर्थिक    बुधबार, कार्तिक २३ २०७९
9.8K
Shares
पश्चिम सेती र पञ्चेश्वर बनेपछि सुदूरपश्चिमको कायापलट हुने प्रधानमन्त्री देउवाको दाबी

ई–आर्थिक, बैतडी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वर परियोजना बनेपछि सुदरपश्चिमको कायापलट हुने बताउने भएको छ । सो परियोजना निर्माण कार्यको सम्झौता भइसकेकाले परियोजना छिट्टै बन्ने बताउनुभएको छ । भारतीय कम्पनीसँग सम्झौता गरेर पश्चिम सेती परियोजनाको काम अघि बढेको र यो निर्माण सम्पन्न भएपछि सुदूरपश्चिमको कायापलट हुने उहाँले दाबी गर्नुभयो।

बुधबार बैतडीको पाटनमा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री देउवाले पश्चिम सेती निर्माणको काम अघि बढिसकेकाले ढुक्क हुन अनुरोध गर्नुभयो।

उहाँले भन्नुभयो “पश्चिम सेतीको सम्झौता भएर अघि बढिसकेको छ। परियोजना सम्पन्न भएपछि पश्चिम सेतीको आम्दानी सुदूरपश्चिमको हुने भएकाले यो क्षेत्रको कायापलट हुन्छ।”

यस्तै, प्रधानमन्त्री देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अघि बढ्ने दाबी गर्नुभयो। पञ्चेश्वरको काम अघि बढाउन भारतीय प्रधानमन्त्रीसमेत इच्छुक रहेको जानकारी दिनुहुँदै प्रधानमन्त्री देउवाले पञ्चेश्वर परियोजनाले यो क्षेत्रमा कायापलट गर्ने उल्लेख गर्नुभयो।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले बैतडीवासीको महत्त्वपूर्ण मागका रूपमा रहेको झुलाघाटको मोटरेबल पुल बनाएर छोड्ने आश्वासनसमेत दिनुभयो। उहाँले बैतडीको पाटनमा बन्न लागेको नमुना सहरको ल्यान्डफिलको काम अघि बढाउन स्थानीयले सहयोग गरे यहाँ छिट्टै नमुना सहर बन्नेसमेत बताउनुभयो।

चुनावी सभामा प्रधानमन्त्री देउवाले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले सङ्घीयता, लोकतन्त्र र समावेशी मुद्दालाई बलियो बनाउन गठबन्धन दलका उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij