२०८३ साउन १२ मंगलबार

अर्बौ रुपैयाँ घुस सेटिङमा वितरण गर्न लागेको लघुबीमा, स्टक एक्सचेन्ज, स्टक ब्रोकरलगायतका लाइसेन्स रोक्न माग !

ई आर्थिक    शनिबार, असोज २९ २०७९
5.9K
Shares
अर्बौ रुपैयाँ घुस सेटिङमा वितरण गर्न लागेको लघुबीमा, स्टक एक्सचेन्ज, स्टक ब्रोकरलगायतका लाइसेन्स रोक्न माग !

ई–आर्थिक, काठमाडौं । लघुबीमा, स्टक एक्सचेन्जलगायतका लाइसेन्सहरु रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । निर्वाचनको अन्तिम तयारी भइसकेको अवस्थामा सरकारी निकायबाट भटाभट भइरहेको लाइसेन्स वितरण गर्नु निर्वाचन आचार संहिता विपरित हुने भन्दै उपभाक्ता हित संरक्षण मञ्चले रोक्न माग गर्दै उजुरी दिएको हो ।

मञ्चका तर्फबाट अध्यक्ष ज्योति बाँनियाले निर्वाचन आयोगमा उजुरी दर्ता गराउँदै सरकारका नाममा निर्देशनात्मक आदेश जारी गर्न माग गरेका छन् । अध्यक्ष बाँनियाले निर्वाचनको बेला लघुबीमाको लाइसेन्स वितरण गर्ने निर्वाचन आचार संहिता विपरित भएको भन्दै उजुरी दर्ता गरिएको बताए ।

अधिवक्ता बानियाँले दर्ता गरेको उजुरीमा स्टक एक्सचेन्ज, ब्रोकर कम्पनी, बीमा कम्पनीलगायतका लाइसेन्स वितरण गर्ने कार्य निकै महत्वपूर्ण रहेको भन्दै रोक्न माग गरिएको हो । अधिवक्ता बानियाँले वर्तमान सरकार काम चलाउ सरकारको अवस्थाामा पुगिसकेकोले दुरगामी असर पार्ने महत्वपूर्ण निर्णयहरु गर्नु नहुने जिकिर गरिएको छ ।

पछिल्लो पटक दर्ता गर्न लागिएको यी कम्पनीहरू दर्तामा अर्बौ रुपैयाँ घुस सेटिङमा हुन लागेको समाचार स्रोतहरुले दाबी गर्दै आएका छन् । स्रोतका अनुसार अर्बौं रुपैयाँ घुस सेटिङमा ७ वटा लघुबीमा, एक वटा स्टक एक्सचेन्ज, दुई वटा कमोडिटी एक्सचेन्ज, असंख्या स्टक ब्रोकरलगायतको लाइसेन्स वितरण गर्दैछ । बीमा समितिले वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स अबैध भएको भन्दै सर्वोच्च अदालतमा नै मुद्दा दर्ता भइसकेको छ ।

यी कम्पनीहरु दर्ताको विषयलाई लिएर सरकार र अर्थमन्त्रालयको सर्वसाधारणले व्यापक आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij