२०८३ साउन १० आइतबार

बजेटमा घोषणा भएको निर्यात नगद अनुदान कार्यान्वयनमा, यी बस्तुहरु निर्यात गर्दा पाइन्छ ८ प्रतिशतसम्म अनुदान

ई आर्थिक    शनिबार, असोज २९ २०७९
9.2K
Shares
बजेटमा घोषणा भएको निर्यात नगद अनुदान कार्यान्वयनमा, यी बस्तुहरु निर्यात गर्दा पाइन्छ ८ प्रतिशतसम्म अनुदान

ई–आर्थिक, काठमाडौं । सरकारले बजेटमार्फत् घोषणा गरेको निर्यात अनुदान कार्यान्वयनमा आएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले शुक्रबार निर्यातमाअनुदान प्रदान गर्ने सम्बन्धि (दोस्रो संशोधन) कार्यविधि, २०७९ लागू गरेसँगै निर्यात अनुदान कार्यान्वयनमा आएको हो ।

उक्त कार्यविधि जारी भएकै मितिदेखि निर्यात अनुदान लागू हुने मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा उच्च निर्यात सम्भावना भएका विभिन्न वस्तुको निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको थियो ।

जसअनुसार अबदेखि उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानी, सूचनाप्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवाहरु पहिचान गरी निर्यात गर्नेले न्यूनतम ४ प्रतिशतदेखि ८ प्रतिशत निर्यात अनुदान पाउने छन् ।

जारी कार्यविधि अनुसार यस्तो निर्यात अनुदान प्राप्त गर्नको लागि निश्चित मापदण्ड तोकिएका छन् । जसमा न्युनतम अनुदान ४ प्रतिशत अनुदान पाउनका लागि निर्यात गरिएको वस्तुले ३० प्रतिशत मूल्य अभिवृद्धि गरेको हुनुपर्नेछ। सो भन्दा कम मूल्य अभिवृद्धि गरेको छैन भने निर्यातकर्ताले अनुदान पाउँदैनन् । ५० प्रतिशत मूल्य अभिवृद्धिले ५ प्रतिशत अनुदान, ७० प्रतिशत मूल्य अभिवृद्धिले ६ प्रतिशत, ८० प्रतिशत मूल्य अभिवृद्धिले ७ प्रतिशतसम्म निर्यात अनुदान पाउनेछन् ।

यस्तै राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्कमार्फत्का कम्पनीले ७ प्रतिशत निर्यात अनुदान पाउने छन् भने अघिल्लो वर्ष गरेको निर्यात भन्दा २० प्रतिशत बढी निर्यात गरेका ८ प्रतिशत निर्यात अनुदान पाउनेछन् । साथै, ५० करोड रुपैयाँभन्दा बढीको निर्यात गरेको भए सोभन्दा माथिको निर्यातमा सोझै ८ प्रतिशत नगद अनुदान उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

निर्यात् अनुदान पाउनको लागि निर्यात गरिने वस्तुहरु एक तहको प्रशोधन गरिएको हुनुपर्नेछ । निर्यातकर्ताले पाएको अनुदानको रकम अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, प्रविधि तथा क्षमताको विकास तथा विद्युतीय व्यापारमा खर्च गर्नुपर्नेछ । यस्तो निर्यात अनुदान पाउनको लागि झुटा विवरण पेश भएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही हुने कार्यविधिमा उल्लेख छ ।

यी बस्तुहरु निर्यात गर्दा पाइन्छ अनुदान

१.क्लिङकर

२. सिमेन्ट

३. स्टिल

४. कत्था

५. रोजिन तथा तार्पेन

६. प्लाइउड

७. हस्तकला (तामा, फलाम, ढलोट र सिसा कच्चा पदार्थको रुपमा प्रयोग हुने समेत) र काष्ठकलाका वस्तुहरु

८.प्रशोधित तथा अर्धप्रशोधित जडीबुटी (यार्सागुम्बा समेत) तथा सारयुक्त तेल

९.प्रसोधित तथा अर्धप्रशोधित बेसार

१०. ताजा तरकारी (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

११.पुष्प (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

१२. प्रसोधित तथा अर्धप्रशोधित अलैची

१३. प्रसोधित तथा अर्धप्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडर लगायत)

१४. दुग्धजन्य पदार्थ (दुध, चिज, पनिर, छुर्पी र फ्याट) (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

१५. फलफूल (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

१६. अम्रिसो (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

१७.पश्मिना/क्यासमेयर/‘च्याङ्ग्रा’ पश्मिना तथा सोबाट उत्पादित सामान

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij