२०८३ साउन १० आइतबार

रुसले युक्रेनमा प्रहार गरेको ८३ वटा मिसाइल मध्ये ४३ वटा युक्रेनी सेनाले बीचमै ध्वस्त पा¥यो

ई आर्थिक    सोमबार, असोज २४ २०७९
5K
Shares
रुसले युक्रेनमा प्रहार गरेको ८३ वटा मिसाइल मध्ये ४३ वटा युक्रेनी सेनाले बीचमै ध्वस्त पा¥यो

ई–आर्थिक, काठमाडौं । युद्धग्रस्त युक्रेनको राजधानी किभसहित रुसले विभिन्न सहरमा एकसाथ ८३ वटा क्षेप्यास्त्र आक्रमण गरेको छ । रुस स्थानीय समय अनुसार सोमबार बिहानै युक्रेनमा ८३ वटा मिसाइल आक्रमण गरेको हो । ती मध्ये ४३ वटा क्षेप्यास्त्रलाई भने युक्रेनी सेनाले बीचमै ध्वस्त पारेको थियो ।

क्षेप्यास्त्र आक्रमणमा परेर कति हताहत भए भन्ने यकिन विवरण प्राप्त नभएपनि त्यो संख्या ठूलो हुने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् । आक्रमणका कारण देशका धेरै स्थानमा विद्युत आपूर्ति ठप्प भएको छ भने आममानिसको दैनिक जीवन पनि प्रभावित बनेको छ ।

रुस र क्रिमियालाई जोड्ने एकमात्र पुलमा युक्रेनले क्षेप्यास्त्र आक्रमण गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले त्यसलाई आतंकवादी क्रियाकलापको संज्ञा दिएका थिए । युक्रेनले भने सो आक्रमणको जिम्मा लिएको छैन । रुसले गरेको ताजा क्षेप्यास्त्र आक्रमण भने त्यसैको जवाफ रहेको बताएको छ । जसलाई पुटिनले पनि पुष्टि गरेका छन् ।

किभमा जर्मन महावाणिज्यदूतको बसोबास रहेको भवनमा पनि क्षेप्यास्त्र खसेको जर्मन विदेश मन्त्रालयले जनाएको छ । त्यसमा कतिजना हताहत भए भन्ने बारे भने कुनै जानकारी दिइएको छैन ।

क्षेप्यास्त्र आक्रमणको युरोपका अधिकांश देशले विरोध गरेका छन् ।

रुसको पछिल्लो क्षेप्यास्त्र आक्रमणपछि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेनेस्कीले आम नागरिकलाई बंकरमा बस्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij