२०८३ साउन ९ शनिबार

सिजी सिमेन्ट उद्योगले तीन महिनादेखि कामदारलाई दिएन तलब भत्ता, दशैंको मुखमा कामदार आन्दोलनमा

ई आर्थिक    शुक्रबार, असोज १४ २०७९
8.1K
Shares
सिजी सिमेन्ट उद्योगले तीन महिनादेखि कामदारलाई दिएन तलब भत्ता, दशैंको मुखमा कामदार आन्दोलनमा

ई–आर्थिक, पाल्पा । सिजी सिमेन्ट उद्योगले कामदारलाई तीन महिनादेखि तलब नदिएपछि कामदार आन्दोलित भएका छन् ।

तलब भत्ता नदिएपछि सिमेन्टमा कार्यरत कामदार आन्दोलित भएका छन् । कामदारले तीन महिनादेखि तलब भत्ता नपाएको भन्दै कम्पनीमा काम गर्ने कामदारहरूले कार्यालयमा तालाबन्दी गरेर काम ठप्प पारेका हुन् ।

सिजी कम्पनीको विभिन्न सेक्टरको काम गर्न जिम्मा पाएको आयुके कम्पनीका कामदारले कम्पनीमा तालाबन्दी गरेर काम ठप्प पारेका छन् । दशैँ–तिहारको समयमा पनि कम्पनीले कामदारको श्रमको मूल्य दिन नसकेपछि तालाबन्दी गर्नुपरेको कम्पनीका कामदार हेमन्त नेपालले बताउनुभयो ।

आफूहरूले हालसम्म काम गरेको रकम भुक्तानी नगर्दासम्म तालाबन्दी जारी राख्ने र सबै काममा अवरोध गर्ने नेपालले बताउनुभयो । सिजी सिमेन्टका सहायक महाप्रबन्धक अरुण केसीले कामदारको दुई महिनाको तलब तत्कालै भुक्तानी गरिने बताउनुभयो । कामदारले पाउन बाँकी रहेको तलब तत्काल भुक्तानी गरेर उद्योगको कामलाई सुचारु गरिने उहाँले जानकारी दिनुभयो ।

सिजी सिमेन्टले पाल्पाको सर्देवाबाट दैनिक एक हजार टन सिमेन्ट तथा क्लिङ्कर उत्पादनका लागि तयारी गरिरहेको छ । सिमेन्ट उत्पादनका लागि सर्देवामा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दशैँलतत्तै सिजी सिमेन्टले उत्पादनको काम थाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij