२०८३ साउन १० आइतबार

शेर्पा पर्यटन व्यवसायी सङ्घमा नयाँ कार्यसमिति, अध्यक्ष बने सङ्गम

ई आर्थिक    बुधबार, असोज १२ २०७९
8.9K
Shares
शेर्पा पर्यटन व्यवसायी सङ्घमा नयाँ कार्यसमिति, अध्यक्ष बने सङ्गम

ई–आर्थिक, काठमाडौं । शेर्पा पर्यटन व्यवसायी सङ्घ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । संघको अध्यक्षमा पेम्वा शेर्पा (सङ्गम) चयन हुनुभएको छ । संघको हालै सम्पन्न दोस्रो अधिवेशनबाट शेर्पासहितको नयाँ कार्यसमिति चयन भएको छ ।

समितिमा वरिष्ठ उपाध्यक्षमा चेङा छिरिङ शेर्पा, उपाध्यक्षमा सनम शेर्पा रहनुभएको छ भने महासचिवमा पासाङ शेर्पा चयन हुनुभएको छ । यता सचिव रिन्जी जाङबु शेर्पा, कोषाध्यक्ष पासाङ शेर्पा र सह कोषाध्यक्षमा छोकी शेर्पा चयन हुनुभएको छ । त्यसै गरी सदस्यहरूमा छोकी शेर्पा आरोही, ङवाङ फुरी शेर्पा, आङबाबु शेर्पा, थुप्तेन शेर्पा, ङिमा लामा शेर्पा चयन हुनुभएको छ ।

पदयात्रा, पर्वतारोहण लगायतका पर्यटन क्षेत्रमा अग्रणी भूमिकामा रहेको शेर्पा पर्यटन व्यवसायीहरूको छाता सङ्गठनको रूपमा दर्ता भएको यस संस्थाले पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएको र आउने दिनमा थलिएको पर्यटनलाई उकास्न रणनीतिक भूमिका निर्वाह गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।

सङ्ख्यात्मक मात्र नभएर गुणात्मक पर्यटन भित्र्याउन र पर्यटन मन्त्रालयले राखेको १० वर्षे लक्ष्य सन् २०२३–२०३३ लाई सफल बनाउन सङ्घ लागिपर्ने जनाएको छ ।

हाल शेर्पाहरू पाँच सयभन्दा बढी कम्पनी नै दर्ता गरेर पर्यटन व्यवसायमा संलग्न छन् । अधिकांश पर्यटन मजदुरको रूपमा पनि शेर्पाहरू अघिल्लो भूमिकामा रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij