२०८३ भाद्र २५ बिहिबार

श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी र स्टार सहकारीबीच मर्ज सम्झौता

ई आर्थिक    सोमबार, असोज १० २०७९
10.4K
Shares
श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी र स्टार सहकारीबीच मर्ज सम्झौता

ई–आर्थिक, काठमाठौं । ललितपुर महानगरपालिका–३ स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण गर्ने प्ररम्भिक सम्झौता भएको छ ।

ललितपुरमा दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा श्री लालीगुँरास सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राईले हस्ताक्षर गरेका छन् ।

सहकारी ऐन–२०७४, नियमावली–२०७५ र सहकारी संस्थाको एकिकरण तथा विभाजन निर्देशिका–२०७७ को अधिनमा रही एकिकरण सम्झौता भएको हो । सम्झौता पत्रमा दुई सहकारी एकिकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ ।

कार्यदलमा श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी लिका तर्फबाट अध्यक्ष अमरदास श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट(सिए) गोविन्द शर्मा गैरे रहेका छन् । त्यस्तै, स्टार बचत तथा ऋण सहकारी संस्था लिका तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट(सिए) प्रयास श्रेष्ठ रहेका छन् ।

सम्झौतालगत्तै दुई संस्थाबीच श्री लालीगुँरास र स्टारबीचको मर्जर प्रकृया शुरुवात भएको छ । ललितपुरका दुई ठुला संस्थाबीचको सम्झौताले दुवै संस्थाका संचालकसमिति, उपसमिति र शेयर सदस्यमा थप उर्जा बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij