२०८३ साउन ९ शनिबार

कुमारी बैंकको ‘११ प्रतिशत केबिएल डेवेन्चर २०८९’ को बाँडफाँड

ई आर्थिक    शनिबार, असोज ८ २०७९
5.4K
Shares
कुमारी बैंकको ‘११ प्रतिशत केबिएल डेवेन्चर २०८९’ को बाँडफाँड

ई–आर्थिक काठमाडौं । कुमारी बैंक लिमिटेडले १० (दस) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ को रु. १,०००/– अंकित दरको ३०,००,००० कित्ता ऋणपत्रको निष्काशन गरेकोे थियो । उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने भएको थियो ।

सर्वसाधारण नेपालीको लागि मिति २०७९/०५/१७ गते देखि मिति २०७९/०५/३१ गतेसम्म निष्काशन तथा बिक्री खूल्ला गरिएको थियो । व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्काशनमा ३ अर्ब १५ करोड बराबर को आवेदन प्राप्त भएको हुँदा, रित पुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई मिति २०७९/०६/०७ गते शुक्रबारका दिन ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्पm माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जानकारी दिएको छ ।

आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij