२०८३ साउन १० आइतबार

पर्यटन व्यवस्थापन समिति घान्द्रुकको अध्यक्षमा विक्रम गुरुङ

ई आर्थिक    बुधबार, असोज ५ २०७९
4.1K
Shares
पर्यटन व्यवस्थापन समिति घान्द्रुकको अध्यक्षमा विक्रम गुरुङ

ई–आर्थिक, काठमाडौं । पर्यटन व्यवस्थापन समिति घान्द्रुकको अध्यक्षमा विक्रम गुरुङलाई चयन गरिएको छ । समितिको प्रथम अधिवेशनले उहाँको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा थमबहादुर विश्वकर्मा, सचिवमा माया पुन थापा, सहसचिवमा अर्जुन क्षेत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा क्रमशः रामकुमारी दर्जी, मनोज गुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षेत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमलबहादुर गुरुङ र अक्षा रसाइली रहनुभएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष एवं पर्यटन व्यवसायी किसम गुरुङले १५ वर्षसम्म घान्द्रुकको पर्यटन प्रवर्द्धनमा निरन्तर लागेको उल्लेख गर्नुभयो । कास्कीको उत्तरी भेगस्थित पर्यटकीय घान्द्रुक गाउँ हुँदै अन्नपूर्ण आधार शिविर, पुनहिल, घोडेपानी, टाडापानीलगायत स्थानमा साहसिक पदयात्रा गर्न सकिने भएका कारण पनि यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको स्थानीय युवा व्यवसायी अमृत लामा गुरुङले बताउनुभयो ।

घान्द्रुक ढुङ्गैढुङ्गाले छाइएका घर तथा छापिएका टोल बस्तीका कारण यसले ढुङ्गेली गाउँका रूपमा पहिचान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij