२०८३ साउन १२ मंगलबार

भ्रष्टाचार आरोपित उद्योगी पशुपति मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण

ई आर्थिक    मंगलबार, असोज ४ २०७९
9.1K
Shares
भ्रष्टाचार आरोपित उद्योगी पशुपति मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण

ई–आर्थिक, काठमाडौं । भ्रष्टाचार आरोपित उद्योगी पशुपति मुरारकालाई सरकारले विभूषण दिने घोषणा गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका मुरारकालाई खानी दोहनको अभियोगमा बिगो, कैद र जरिवाना असुलको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

मुद्दाको किनारा नलाग्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण घोषणा गरिएको हो ।

मुरारकाविरुद्ध अख्तियारले २०७८ माघ १२ मा विशेष अदालतमा ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ बिगो र २ वर्ष कैद मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

संविधान दिवसको दिन पारेर सरकारले ९ सय ९८ जनालाई विभिन्न किसिमका विभूषण घोषणा गरेको छ । विभूषित हुने त्यसै मध्ये एकका एक मुरारका पनि परेका हुन । मुरारकालाई दिने भनिएको ‘सुकीर्तिमय राष्ट्रदीप’ १७ जनाले पाउनेछन् । यो सूचीको दसौं नम्बरमा मुरारकाको नाम उल्लेख छ । खानी उद्योग सिद्धार्थ मिनिरल्सका सञ्चालक उनीले विभिन्न प्रकृतिका उद्योगहरुका साथै व्यवसायहरु सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij