२०८३ साउन १० आइतबार

प्रभु बैंकका ग्राहकलाई हाइग्राउण्ड एडभेन्चर्समा आकर्षक छुट

ई आर्थिक    सोमबार, भाद्र २० २०७९
7.5K
Shares
प्रभु बैंकका ग्राहकलाई हाइग्राउण्ड एडभेन्चर्समा आकर्षक छुट

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा स्थित हाइग्राउण्ड एडभेन्चर्स नेपाल प्रालि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकारी मञ्जयराज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्स नेपालका तर्फबाट प्रमुख सञ्चालन अधिकारी दिनेश मर्हजनद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र उक्त कम्पनी बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले हाइग्राउण्ड एडभेन्चर्स नेपालद्वारा सञ्चालित सम्पूर्ण सेवा जस्तै (जिपलाइनीङ, बन्जि जम्पिङ, माउण्टेन बाइकिङ, क्वाड बाइकिङ) इत्यादि सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत हाइग्राउण्ड एडभेन्चर्स नेपालमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, चेक, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हाइग्राउण्ड एडभेन्चर्स नेपालका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij