२०८३ साउन १० आइतबार

सिटिजन्सका ग्राहकलाई होटल जंगल क्राउनमा विशेष छुट

ई आर्थिक    बिहिबार, भाद्र १६ २०७९
4.7K
Shares
सिटिजन्सका ग्राहकलाई होटल जंगल क्राउनमा विशेष छुट

ई–आर्थिक, काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल र चितवनस्थित होटल जंगल क्राउनबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।

सो सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij