२०८३ साउन ९ शनिबार

सेयर धितोको सीमामा कडाइ नगर्ने राष्ट्र बैंकका निर्देशक डा. प्रकाश श्रेष्ठको प्रतिबद्धता

ई आर्थिक    बुधबार, भाद्र १५ २०७९
5.6K
Shares
सेयर धितोको सीमामा कडाइ नगर्ने राष्ट्र बैंकका निर्देशक डा. प्रकाश श्रेष्ठको प्रतिबद्धता

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले सेयर धितोकर्जामा रहेको १२ करोडको सीमा कायम राख्ने पक्षमा नभएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा निर्देशक श्रेष्ठले चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितोकर्जामा कडाई गरेको तर ४/१२ करोडको सीमामा ४ करोड हटाएर १२ मात्रै कायम गरिएको बताए । डा. श्रेष्ठले गतवर्ष राष्ट्र बैंकलाई सेयर धितोकर्जामा ४/१२ भनेर ट्याग नै लागेकाले १२ करोडको सीमा पनि कायम राख्ने पक्षमा नभएको बताए ।

“गत वर्ष राष्ट्र बैंकलाई सेयर धितोकर्जामा ४/१२ भनेर ट्याग नै बसेको छ । अहिले ४ हटेर १२ मात्रै रहेको छ” उनले भने, “त्यो पनि राष्ट्र बैंक राखिराख्ने पक्षमा छैनौं ।”

उनले राष्ट्र बैंकको लागि सेयर मार्जिन ट्रेडिङमा ठूलो समस्या नभएको भन्दै सेयर मार्जिन ट्रेडिङमा विभिन्न स्टुमेण्टहरुको सुरुवात हुनुपर्ने बताए । श्रेष्ठले विधि, सेवनका नियमहरु भए राष्ट्र बैंकलाई निर्देशन जारी समस्या नभएको बताए ।

कार्यकारी निर्देशक श्रेष्ठले सेयर कारोबारको लागि बैंकको कर्जा शुन्य गर्न नसकिने बताए । उनले बैंकको कर्जा अन्य धेरै क्षेत्रमा आवश्यक भएकाले सेयर कारोबारको लागि थोरै मात्रै बैंक कर्जा प्रयोग गर्दा अन्य क्षेत्रलाई बैंक कर्जा उपलब्ध गराउन सहज हुने बताए । उनले अहिले उत्पादनका धेरै क्षेत्रहरुलाई कर्जाको खाँचो भएको बताए । डा. श्रेष्ठले समग्र पुँजीबजारको विकासको लागि राष्ट्र बैंक सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij