२०८३ साउन ९ शनिबार

जैन फुड्स प्रोसेसिङले दालको प्रशोधन सुरु, तीनजनाको ५० करोड लगानी

ई आर्थिक    बुधबार, भाद्र १५ २०७९
7K
Shares
जैन फुड्स प्रोसेसिङले दालको प्रशोधन सुरु, तीनजनाको ५० करोड लगानी

ई–आर्थिक, विराटनगर । मोरङको बुढीगङ्गा–५, हात्तीमुढामा नयाँ उद्योग सञ्चालनमा आएको छ । दाल प्रशोधन गरेर बजारमा बिक्रीवितरण गर्ने उद्देश्यसहित सञ्चालित उक्त जैन फुड्स प्रोसेसिङ प्रालिमा तीनजना लगानीकर्ताको ५० करोड रुपियाँ लगानी भएको छ । नेपाली भान्सामा गुणस्तरीय दाल पु(याउने लक्ष्यसहित मङ्गलबार उद्योगको उत्पादन सार्वजनिक गरिएको छ ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल र उद्योगी मोतीलाल दुगडले उद्योगले उत्पादन गरेको उपहार ब्रान्डको दाल बजारका लागि बिक्री खुला गरिएको घोषणा गर्नुभएको हो ।

उद्योगले मुसुरो, चना, मटर, मास र मुग दाल प्रशोधन गरेर बजार पठाउन थालेको सञ्चालक अमितकुमार जैनले जानकारी दिनुभयो ।

उद्योगले प्रतिघण्टा साढे दुई टन दाल प्रशोधन गर्ने बताइएको छ । ५० प्रतिशत कच्चा पदार्थ स्वदेशमै उपलब्ध हुने र बाँकी ५० प्रतिशत आयात गर्नुपर्ने अर्का सञ्चालक चन्दन जैनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij