ई–आर्थिक, काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ । कलेज प्रसाशनका अनुसार बिहान ६ बजे कलेज तोडफोड भएको हो । मोटरसाइकलमा आएका ४ जना अज्ञात समूहले कलेजको अगाडिपट्टि रहेको सिसामा ढुंगा हानेको कलेजले बताएको छ ।
कलेजको सीसी क्यामेरा बाहिर नभएको र सुरक्षा गार्डले पनि नदेखेकोले कस्ले तोडफोड गर्यो थाहा नभएको कलेज प्रशासनको भनाइ छ ।
तोडफोड बाट त्यस्तो धेरै क्षति नभएको कलेजले जनाएको छ ।