२०८३ साउन १२ मंगलबार

उदयपुर सिमेन्ट उद्योगको अध्यक्ष बस्नेतद्वारा पदवहाली, उत्पादन बृद्धि गर्न अत्यावश्यक पर्ने लगानीको लागि पहल गर्ने प्रतिवद्धता

ई आर्थिक    बिहिबार, भाद्र २ २०७९
7K
Shares
उदयपुर सिमेन्ट उद्योगको अध्यक्ष बस्नेतद्वारा पदवहाली, उत्पादन बृद्धि गर्न अत्यावश्यक पर्ने लगानीको लागि पहल गर्ने प्रतिवद्धता

ई–आर्थिक, काठमाडौं । उदयपुर सिमेन्त उद्योग लिमिटेडका नवनियुक्त अध्यक्ष केशव कुमार बस्नेतले पदवाहाली गरेका छन । सरकारी स्वामित्वको सो उद्योगमा अध्यक्ष बस्नेतले बुधबार एक समारोह विच पदवहाली गरेका हुन ।

मन्त्रीपरिषदको मिति २०७९/०४/१४ गतेको निणर्यद्वारा संचालक समितिको अध्यक्ष पदमा नियुक्त उदयपुर गाईघाटका स्थानीयबासी बस्नेतले बुधबार पदवहाली गरेका हुन ।

पदबहाली कार्यक्रममा महाप्रबन्धक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु र क्रियाशिल ट्रेड युनियनका तर्फवाट स्वागत गरेका थिए । अध्यक्ष बस्नेतलाई स्वागत गर्दै उद्योगको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले उदयपुर सिमेन्ट उद्योगको समग्र बस्तुस्थितीको बारेमा जानकारी गराए थिए ।

बस्नेतसँगै नवनियुक्त संचालक समिति सदस्यहरु लिल बहादुर बस्नेत, कुवेरप्रसाद राई, रमेशकुमार चौधरीलाई समेत उद्योगको तर्फबाट स्वागत गरेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।

सोहि अवसरमा नवनियुक्त अध्यक्ष बस्नेतले उत्पादन बृद्धि गर्न अत्यावश्यक पर्ने लगानीको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफु स्थानीयवासी भएको नाताले समेत यस उद्योगको उत्पादनको लागि खानीमा रहेको गुणस्तरीय तथा अपार चुनढुङ्गको उपयोगिताको लागि सवैको साथ सहयोग लिएर अगाडि बढ्ने प्रतिवद्धता जनाएको उदयपुर सिमेन्ट उद्योगले जनाएको छ ।

उद्योगमा जडान गरिएको मिल मेसिनरीहरु जिर्ण अवस्थामा रहेकोले सोको पुनः निर्माणका लागि नेपाल सरकारवाट अनुदान, नेपाल सरकार वा कुनै वाणिज्य बैङ्कवाट सहुलियत ऋण लिई पुनः निर्माणरप्रतिस्थापन तथा मर्मत संभार गरी उद्योगको जडित क्षमता अनुसार उत्पादनमा रकम जुटाउने उद्योगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा उद्योगको खानी क्षेत्रमा रहेको चुनढुङ्गाको ३० वर्ष भित्रमा उचित सदुपयोग गर्न पहल कदमी गर्ने, गैंडा छाप सिमेण्टको गुणस्तरलाई कायम राख्न व्यवस्थापन, कर्मचारी युनियन लगायत आम कर्मचारीहरुसँग मिलेर अघि बढ्ने अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij