ई–आर्थिक, काठमाडौं । उदयपुर सिमेण्ट उद्योग लिमिटेड जलजले उदयपुरको व्यवस्थापनमा बाणिज्य बैक काउण्टर उद्घाटन, देउरी स्वास्थ्य चौकी उदयपुरलाई एम्बुलेन्स तथा प्रयोगशाला हस्तान्तरणको उद्घाटन कार्यक्रम सम्पन्न भयो । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
नेपालको राष्ट्रिय गौरवको रुपमा २०४४ सालमा जापान सरकारको सहयोगबाट नेपाल सरकारको पूर्ण स्वामित्व रहनेगरी स्थापना भएको यस उद्योगले २०४९ सालदेखि ब्यापारिक उत्पादन शुरु गरेको हो ।
मिति २०४५ भाद्र १ गते को तत्कालिन मन्त्री परिषद्को निर्णयानुसार विद्युत, सडक लगायतका पूर्वाधारहरु तथा खानीहरु रहेको जग्गा समेत उपलब्ध गराएको थियो ।
पछि २०४६ सालमा उद्योग स्वयंले त्रियुगा नगरपालिका अन्तर्गत वडा नं. ५,६,७ र ८ उद्योग परिसरमा ५० बिधा १२ कठ्ठा जग्गा र क्वारी अफिस वडा नं. १६ मा ५१३ रोपनी जग्गा खरिद गरी उद्योगको नाममा रहेको अवस्था रहेको उद्योगले जानकारी दिएको छ ।
उद्योगको सम्पत्ति र दायित्वको एकिन गरी नेपाल फाइनन्सियल रिपोर्टिङ स्ट्याडर्ड बमोजिम वित्तीय विवरण तयार गर्नुपर्ने कानुनी वाध्यता भएकोले आ. व. २०७७/०७८ को वित्तीय बिवरण तयार हुंदा संचित नोक्सानी हट्न गई चालू आर्थिक बर्ष २०७८÷०७९ देखि उद्योगलाई नाफामा लैजाने गरी बजेट तर्जूमा गरी कार्यान्वयन गरिएको छ ।
उदयपुर सिमेन्ट उद्योग यस क्षेत्रमा अवस्थित हुनाले स्थापना कालदेखिनै यहाँका बासिन्दाहरुले सडक र बिद्युतको उपभोग गर्न पाएको अबस्था हो । उद्योगकै कारणले प्रत्यक्षरपरोक्ष रुपमा ठूलो संख्यामा रोजगारी तथा स्वरोजगारको वातावरण सृजना भएको छ । उद्योगको कारण वरिपरिका वासिन्दाको कृषि उपज खपत भइ आर्थिक उपार्जनको श्रोत बनेको उद्योगको भनाई छ । त्यसैगरी मूल्य अभिवृद्वि कर, अन्तशुल्क, अग्रिम कर, रोयल्टी लगायतका करहरु तथा विद्युत महसुल बापत झण्डै अर्बको हाराहारीमा बुझाउदै आएको छ ।
प्रतिष्ठानले लाभलाई मात्र एकल अभीष्ट नठानेर समाज र वातावरणको प्रवर्द्धनमा पनि योगदान पुर्याउनुपर्छ भन्ने मान्यतालाई संस्थागत अघि बढाएको छ । उद्योगबाट निस्कने धुलो, धुवाँको कारण प्रभावित रहेका त्रियुगा नगरपालिका वडा नं. ४, ५,६,७, ८, १० र १६ का बासिन्दाहरुको स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणका लागि नगरपालिकामार्फत प्रति बोरा रु. २ र ५० को दरले बर्षेनि लगभग ५० लाखको हाराहारीमा श्रोत जुटाइरहेको र यस आर्थिक वर्ष देखि सो रकमलाई प्रभावित वडाहरुमा नगरले बजेट वितरण गरेको भन्ने सुनिएको भन्दै उद्योगले यसको लागि मेयर लगायत सम्पूर्ण कार्यकारी परिषद्लाई हार्दिक धन्यवाद दिएको छ ।
त्यसैगरी उद्योगमा कार्यरत कर्मचारीका छोराछोरीहरु अध्ययन गर्न भनी स्थापना भएको उदयसी अग्रेजी उच्च माध्यमिक स्कूलको व्यवस्थापन उद्योग भित्रकै उच्च तहका कर्मचारी समूहबाट हेरिदै आएको छ र पछिल्लो समयमा आम बासिन्दाका छोराछोरीहरु समेत गरि सस्तो शुल्कमा १६ सय विद्यार्थीहरु अध्ययनरत छन ।
उद्योग परिसरमै रहेको प्रहरी कार्यालय, सुकौरामा उद्योगको अफिस परिसरमा रहेको प्रहरी कार्यालयबाट उद्योगको मात्रै होइन, यस क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरुको लागि सुरक्षा प्रदान गरेको छ । यसको लागि उद्योगले विद्युत महसुल भुक्तानी गर्ने व्यवस्था गरेको छ । उद्योग परिसरभित्र रहेको विद्युत प्राधिकरणले उद्योगलाई मात्रै होइन, अझ उदयपुरबासीलाई मात्रै होइन, नजिकका पहाडी जिल्लाहरूमा समेत यसै केन्द्रबाट बिद्युत प्रवाह गरिरहेको जनाएको छ ।
कोभिड कहरको दोस्रो लहरमा देउरी स्वास्थ्य चौकी र सुकौरा स्वास्थ्य चौकीमा अक्सिजन ग्यांसको व्यवस्थापन गरिदिएको थियो ।
नगरपालिका, बिद्युत प्राधिकरण लगायतलाई लोडर, स्काभेक्टर, ड्रमट्रक लगायतका साधनहरु समयसमयमा उपलब्ध गराउदै आएकाउद्योगले जानकारी दिएको छ । त्यसैगरी व्यक्तिगतरुपमा निश्चित सहुलियत शुल्क लिएर नागरिकहरुलाई एम्वुलेन्स सेवा पनि दिईरहेका उद्योगले जनाएको छ । उद्योग राम्रो संग संचालन भएको अवस्थामा मठ,
, सामाजिक कार्यमा पनि उद्योगले सहयोग गरेको अवस्था हो ।
महाप्रबन्धकको रुपमा २०७७ माघ १ गते गोपीकृष्ण न्यौपाने प्रवेश गरेपछि उद्योग सुचारु रुपमा संचालन गर्न मुलतः सुशासन, उद्योगको मर्मत संभार, पारदर्शिता तथा ब्यवस्थापन सुधारका क्षेत्रलाई प्रर्थमिकता दिई कार्य सम्पादन गरेको कारणबाट यस आर्थिक वर्ष २०७८/०७९ को फाल्गुण २७ गते सम्ममा उद्योगले लक्ष्य भन्दा बढी प्रगति हसिल गरेको छ भने गत बर्षको सोही अवधिको भन्दा बढी उत्पादन तथा बिक्री गर्न सफल भएको उद्योगले जानकारी दिएको छ ।

उद्योगले कर्मचारीहरु काम गर्ने स्थान र क्वाटर तथा उद्योगका नजिकका वडाहरु मुलतः ४, ५, ६, ७, ८, १० र १६ समेतका बासिन्दालाई उद्योगबाट निस्कने धुलो धुवाँबाट बचाउन भ्ए इपी सिष्टम जडान गरी सुरक्षित गर्ने कोसिस गरिरहेका छ । तथापि २९ बर्ष पुरानो फ्याक्ट्री भएकोले बेलाबेलामा विभिन्न ठाउँबाट लिकेज भै हुनसक्ने प्रदूषण कम गर्न मर्मतसंभारमा जोड दिएका उद्योगको भनाई छ । यद्यपि पूर्ण रुपमा धुलो धुवाँ नियन्त्रण गर्न संभव छैन ।
उद्योगमा रहेका कर्मचारीहरु पनि दिनप्रतिदिन बुढ्यौली तर्फ उन्मुख भएको र निजहरुको उपचारमा उद्योगमा रहेको क्लिनिकले आकस्मिक सेवा बाहेक त्यति धेरै प्रभावकारी काम गर्न नसकेको उद्योगको भनाई छ । यस्तो परिस्थितिमा उद्योगका कर्मचारी तथा स्थानीय बासिन्दाहरुलाई सहज हुनेगरी कम्तिमा लिपिड प्रोफाइल सम्मको प्रयोगशाला स्थापना गर्न जरुरी देखि उद्योग परिसरको सबैभन्दा नजिक रहेको र सबै वडाहरुलाई समेत पायक पर्ने केन्द्रमा रहेको देउरी स्वास्थ्य चौकीको प्रयोगशाला स्तरोन्नति गर्नको लागि मेसिनहरु जडान गरि आजैदेखि औपचारिक रुपमा ल्याबको उद्घाटन भएको छ । यसबाट सस्तो सरकारी दररेटमा यस भेगका बासिन्दा तथा हाम्रा कर्मचारीहरुले लाभ लिने विश्वास गरिएको छ ।
त्यसैगरी उद्योगमा एउटा मात्र एम्बुलेन्स भएको त्यो पनि जीर्ण अवस्थामा रहेकोले एउटा नयाँ महेन्द्राको बलेरो एम्बुलेन्स पनि आजैदेखि संचालन हुनेगरी मेयर साब मार्फत देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दैछौं । उद्योगको आर्थिक अवस्था राम्रो छैन तरपनि उद्योगले समाज प्रतिको दायित्त्व बोध गरेर थोरै उद्योगको तर्फबाट र धेरै उद्योगसंग प्रत्यक्ष रुपमा सहकार्य गरिरहेका सगरमाथा इन्स्योरेन्स, माछापुच्छ्रे बैंक लगायत विभिन्न संघरसंस्थाहरु मार्फत आधुनिक प्रयोगशाला स्थापना गर्न र एम्बुलेन्स हस्तान्तरण गर्न सफल भएका उद्योगले जानकारी दिएको छ । त्यसैगरी सहयोग गर्ने सहयोगी मनहरुलाई हार्दिक आभार समेत ब्यक्त गरेको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट रु.१५ लाख, माछापुच्छ्रे बैकको तर्फबाट रु. ५ लाख ६५ हजार र अन्य संघ/संस्थाहरूको तर्फबाट गरी कुल रु. ३० लाखको लगानीमा यी कार्यहरू सम्पन्न भएका छन ।

‘जो आज यस उदयपुर सिमेण्ट उद्योग मार्फत स्वास्थ्य चौकी देउरीका व्यवस्थापन समितिलाई हस्तान्तरण गर्न सफल भएका हो । बास्तवमा संस्थागत सामाजिक उत्तरदायित्वको काम भएको छ, यी सहयोगी संस्थाहरुलाई उदयपुर सिमेण्ट उद्योगको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’ उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘त्यसैगरी हाम्रो पुनित कार्यलाई प्रोत्साहन गर्न नेपाल सरकार, स्वास्थ्य सेवा बिभागले एक थान अल्ट्रासाउन्ड मेसिन प्रदान गरेको छ, त्यसको लागि स्वास्थ्य सेवा बिभागका डा. दिपेन्द्र रमण सिंहज्यूलाई धन्यवाद ज्ञापन गर्दछौं ।’
आगामी दिनमा एउटा एक्सरे मेसिन समेत राख्न सक्नेगरी भौतिक निर्माण गरिएको छ, करीब २५ लाख पर्ने एक्सरे मेसिन समेत जडान गर्न सके त्रियुगा नगरपालिकाको निर्णयानुसार १५ शैयाको अस्पताल स्थापना गर्न सकिने भएकोले आगामी दिनहरुमा यतातर्फ पनि हामी सबै मिलेर सहयोग जुटाउन सके यो एक नमुना अस्पताल बन्न सक्ने विश्वास लिइएको छ ।
एम्बुलेन्स र प्रयोगशालामा आवश्यक पर्ने प्राविधिक जनशक्तिको ब्यवस्थापन देउरी स्वास्थ्य चौकी आफैले गर्ने गरी आ.ब. २०७८/०७९ को स्वीकृत बजेटबाट उदयपुर सिमेन्ट उद्योगको तर्फबाट रू. ७ लाखको चेक देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।