काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा ३६४, नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव भेटिएको छ।
त्यस्तै, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये १ हजार २३० जनाको पहिचान तथाका शवबाट डिएनए नमुना संकलन गरी सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ। मृतक तथा उनीहरूका आफन्तबाट हालसम्म ३ हजार १३२ वटा डिएको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढीमा परी ४ हजार ८९ जना अझै बेपत्ता आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिसकिएको छ।
पहिचान हुन नसकेका शवबाट डिएनए नमुना संकलन गरी सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ। मृतक तथा उनीहरूका आफन्तबाट हालसम्म ३ हजार १३२ वटा डिएनए नमुना संकलन गरिएको छ।
प्रहरीका अनुसार पहिचान हुन बाँकी १ हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। बाढीमा परी ४ हजार ८९ जना अझै बेपत्ता रहेको प्रहरीको तथ्यांक छ।
बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि नेपाल प्रहरीले ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरेको जनाएको छ।