२०८३ साउन ९ शनिबार

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा न्यौपाने, थुप्रै आर्थिक संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका न्यौपानेमा कानुनको पनि राम्रो दख्खल

ई आर्थिक    बुधबार, पौस २२ २०७७
16.5K
Shares
उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा न्यौपाने, थुप्रै आर्थिक संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका न्यौपानेमा कानुनको पनि राम्रो दख्खल

ई–आर्थिक, काठमाडौं । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो । मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिमा पूर्व सचिवहरु कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायण बिँडारीको साथै लोकसेवा आयोगको समेत सहभागिता गराइएको थियो, उक्त समितिले व्यवसायिक कार्ययोजना, प्रस्तुतीकरण, अन्तर्वार्ता समेत गरी शैक्षिक योग्यता र अनुभवको आधारमा उच्चतम अंक प्राप्त गर्ने गोपीकृष्ण न्यौपाने सहित तीनजनाको नाम महाप्रबन्धका लागि सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्ले ती मध्येबाट काम गर्न सक्षम र विभिन्न क्षेत्रको जानकार न्यौपानेलाई नियुक्त गरेको हो । तत्कालिन महाप्रबन्धक सुरेन्द्र पौडेल नेपाल आयल निगममा कार्यकारी निर्देशक भएर आएपछि लामो समयदेखि उद्योग महाप्रबन्धक विहीन थियो । निमित्त महाप्रबन्धक नवल किशोर शाहले उक्त उद्योगको व्यवस्थापकीय नेतृत्व सम्हाल्दै आएका थिए । त्यसको लामो समयपछि उक्त उद्योगले महाप्रबन्धकको रुपमा न्यौपानेलाई पाएको छ ।

थुप्रै आर्थिक संघ/संस्थाको नेतृत्वदायी भूमिका रहेका काम गरिसकेका न्यौपाने कानुनमा राम्रो दख्खल राख्छन् । हाइड्रो, स्वास्थ्य क्षेत्रमा समेत आबद्धता रहेका न्यौपाने माछापुच्छ्रे बैंकको सञ्चालक न्यौपाने, हिलसाइड इन्जिनियरिङ्ग कलेजका प्रबन्धक सञ्चालक पनि हुन् ।

उनी नाडा अटोमोवाइल्स एसोसिएसनको पूर्वमहासचिव लगायत विभिन्न विषयगत आर्थिक तथा सामाजिक संघ/संस्थाको महत्वपूर्ण पदमा रहेर सेवा गरेको अनुभव छ । नवनियुक्त महाप्रबन्धक न्यौपानेले उद्योगलाई उत्कृष्ट उद्योग बनाउने प्रतिबद्धता जनाएका छन् ।

२०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो । यो उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बनक्षेत्रमा अवस्थित छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij