२०८३ साउन १० आइतबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेश्वर श्रेष्ठ पक्राउ

ई आर्थिक    सोमबार, साउन ३० २०७९
15.3K
Shares
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेश्वर श्रेष्ठ पक्राउ

ई–आर्थिक, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेश्वर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका –२३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१७ ढल्कु बस्ने सोही ५८ वर्षीय श्रेष्ठलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७६ साल भदौ १ गतेको फैसलाले ३० दिन कैद र १० लाख रुपियाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो ।

श्रेष्ठले खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी ज्योति विकास बैंक लिमिटेड असन काठमाडौंमा रहेको बैंक खाताबाट झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । श्रेष्ठलाई अदालतको आदेशमा कारागार कार्यालय डिल्लीबजार पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij