२०८३ साउन ९ शनिबार

टानको साधारणसभा उद्घाटन गर्दै पर्यटयनमन्त्री श्रेष्ठले भने- ‘पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउछौं’

ई आर्थिक    सोमबार, साउन ३० २०७९
6.6K
Shares
टानको साधारणसभा उद्घाटन गर्दै पर्यटयनमन्त्री श्रेष्ठले भने- ‘पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउछौं’

ई–आर्थिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन्।

सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘विकासको कारणले जुन ढंगबाट ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको कुरा आइरहेका छन्। विकासका मोडेलमा पनि नयाँ ढंगबाट सोच्नुपर्छ।’ उनले भने,‘स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकास गर्न जरुरी छ।’

मन्त्री श्रेष्ठले नेपालालाई वर्षभर नै पर्यटकहरू आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताए। उनले वर्षभर नै नेपाल पर्यटकहरूका लागि खुला छ भन्ने कुराको प्रचार गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने समेत बताएका छन्।

स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरुमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकासका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij