२०८३ साउन १० आइतबार

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आईपीओ निष्कासन गर्ने

ई आर्थिक    आइतबार, साउन २९ २०७९
4.2K
Shares
इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आईपीओ निष्कासन गर्ने

ई–आर्थिक, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेबाट साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रति साधारण शेयर १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाका लागि निष्कासन गरेको हो ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आवेदकले भदौ २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज ५ गतेसम्म समय थप गरिने बताइएको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

उक्त आईपीओमा विक्री प्रबन्धकले तोकेको बैंक तथा वित्तीय संस्थाहरू तथा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । विक्री प्रबन्धकले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंक भोजपुर शाखाका साथै प्रभु बैंक हतुवागढीबाट पनि आवेदन दिन सकिन व्यवस्था गरेको छ ।

कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँदछ । कम्पनीले भोजपुर जिल्लामा ५०० किलोवाट क्षमताको पिखुवा खोला साना जलविद्युत आयोजना निर्माण गरी २०७६ जेठ २७ गतेबाट विद्युत उत्पादन गरी विक्री गरिरहेको छ ।

वास्तविक वित्तीय विवरण अनुसार २०७७/७८ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ७२ रुपैयाँ ३३ पैसा छ भने प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनी उक्त समयसम्म १३ करोड ७२ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij