२०८३ साउन ९ शनिबार

‘रियलमी नार्जो ५०ए प्राइम’ नेपाली बजारमा, स्ट्यान्डबाई मोडमा राख्दा ३९ दिनसम्म ब्याट्री टिक्ने

ई आर्थिक    शुक्रबार, साउन २७ २०७९
4.9K
Shares
‘रियलमी नार्जो ५०ए प्राइम’ नेपाली बजारमा, स्ट्यान्डबाई मोडमा राख्दा ३९ दिनसम्म ब्याट्री टिक्ने

ई–आर्थिक, काठमाडौं । रियलमीको नार्जो सिरिज अन्तर्गत ‘नार्जो ५०ए प्राइम’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ ।

अल्ट्रा–स्लिक डिजाइन भएको यो फोनको तौल १९२.५ ग्राम छ । फोनमा ५० मेगापिक्सेलको एआई ट्रिपल क्यामेरा राखिएको छ, जसमा सुपर क्लोज फोकस भएका म्याक्रो लेन्स, डिजिटल जुम र उच्च एक्सपोजरसहितको ब्ल्याक एन्ड ह्वाइट लेन्स रहेको छ ।

साथै सेल्फीका लागि मोबाइलमा ८ मेगापिक्सेलको क्यामेरा छ ।

६.६ इन्चको फुल एचडी डिस्प्ले रहेको फोन युनिसक टी६१२ प्रोसेसरबाट सञ्चालित छ । यसमा ५००० एमएएच ब्याट्री दिइएको छ, जुन स्ट्यान्डबाई मोडमा ३९ दिनसम्म टिक्ने कम्पनीको दाबी छ ।

४ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा यो फोन २१ हजार ७९९ रुपैयाँ किन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij