२०८३ साउन ९ शनिबार

तल्लो तादीखोला जलविद्युत आयोजनामा बाढीले क्षति, विद्युत् उत्पादन बन्द

ई आर्थिक    बिहिबार, साउन २६ २०७९
9.6K
Shares
तल्लो तादीखोला जलविद्युत आयोजनामा बाढीले क्षति, विद्युत् उत्पादन बन्द

ई–आर्थिक, नुवाकोट । तल्लो तादीखोला जलविद्युत आयोजनामा बाढीले बाँधमा क्षति पुर्‍याएपछि विद्युत उत्पादन बन्द भएको छ ।

पाँच मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनामा गएको सोमबार राती परेको अवरल बर्षापछि बाढी पसी बाँधमा क्षति पु¥याएको थियो । आयोजना निर्माण कम्पनी बुद्धभूमि हाइड्रोपावरका अध्यक्ष पूर्णलाल श्रेष्ठले बाढीले बाँध फुटेकाले उत्पादनमा असर परेको बताए ।

दुप्चेश्वर गाउँपालिका ५ र पञ्चकन्या गाउँपालिका ४ भई बग्ने तादी र चन्द्रवती खोला दोभानमुनि तादीखोलामा बाँध छ । उक्त बाँधबाट पञ्चकन्या–४ थप्रेकको नौटारीसम्म २८ सय मिटर लामो पाइपबाट विद्युतगृहमा पानी पठाई विद्युत् उत्पादन गरिँदै आएको थियो । करिब ६ महिनाअघि आयोजनाको विद्युत् केन्द्रीय प्रणाली (ग्रीड) मा जोडिएको थियो ।

हाइड्रोपावरको बाँधस्थलमा फसेका ३ जना कर्मचारीको बुधबार बिहान उद्धार गरिएको छ । उनीहरू पानी खोल्न र बन्द गर्न खटिएका थिए । खोलामा पानीको बहाव एक्कासि बढेपछि सोही खोलाको बीचमा अड्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij